काठमाण्डौ । मर्जर प्रक्रिया पूरा एकीकृत कारोबार पनि सुरु गरिसकेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ। योसँगै अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट आउने भएको हो।
साबिक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुवै कम्पनीको १०० रुपैयाँ चुक्तामूल्यको कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ३७०.८२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ अब यो कम्पनीको सेयर कारोबार यही मूल्यबाट खुल्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19