काठमाण्डौ । राजपत्रमा प्रकाशित सार्वजनिक विदाको सूचिमा संसोधन गर्दै गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

राजपत्रमा प्रकाशित सार्वजनिक विदाको सूचिमा आइतबार इशाई धर्मावलम्बीहरुका लागि मात्र सार्वजनिक विदा उल्लेख छ । तर यो सूचिलाई समेत संसोधन गर्दै गृहमन्त्रीले क्रिस्टमस परेको उल्लेख गर्दै सबैका लागि सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा देशभर तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा समेत लागू हुने गरी विदा दिने निर्णय गरिएको उल्लेख छ ।