काठमाण्डौ । धितोपत्रको दोश्रो बजारको कारोबार अवधि आइतबारदेखि परीक्षणको रुपमा दैनिक एकघण्टा बढ्ने भएको छ । 

धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले परीक्षणको रुपमा भोलि(आइतबार)देखि कारोबार अवधि बढाउने निर्णय गरेको हो । 

अब आइतबारदेखि बिहीबारसम्म कार्यालय खुलेको दिनमा कारोबारको प्रारम्भिक कारोबार समय बिहान १०ः३० देखि ११ बजेसम्म, बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार ४ बजेदेखि ४.०५ बजेसम्म कायम गर्ने निर्णय भएको नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

फागुन ३० गते बसेको नेप्सेको संचालक समितिले यस्तो निर्णय गरेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।