काठमाण्डौ । आइपीओको बिक्री खुल्ला हुने अधिकतम अवधि १५ दिनमा सीमित हुने भएको छ ।
धितोपत्र बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा संसोधन गरेको धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा यस्तो व्यवस्था गरिएको हो ।
हाल धितोपत्रको सार्वजनिक निश्कासन खुला रहने अधिकतम अवधि ३० दिन रहेको छ । यो अवधि घटेर १५ दिनमा सीमित हुने भएको हो । यो व्यवस्था फागुन १ बाट लागू हुने छ।
धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासनमा बुक बिल्डिङ विधि प्रयोग ल्याउने बाटो समेत खुलेको बोर्डले जनाएको छ ।
यस्तै, आइपीओ निश्कासन गर्न चाहने संस्थाका कुनै पनि संचालक कालोसूचिमा परेका भए सो कम्पनीले निश्कासन गर्न नपाउने व्यवस्था समेत गरिएको छ ।
कम्पनीको संचालक समितिबाट हकप्रद सेयर निश्कासन सम्बन्धी निर्णय भएको बढीमा २ महिनाभित्र उक्त प्रस्ताव साधारणसभामा पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
यस्तै, संगठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिवेञ्चर तथा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था समेत भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago