काठमाण्डौ । निकट भविष्यमा १४ कम्पनीका आइपीओ आउने भएको छ ।
कुल १४ वटा नयाँ कम्पनीका ३ करोड ८४ लाख ७३ हजार ७४६ कित्ता बराबर ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको आइपीओ निष्कासन हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डसमक्ष आइपीओ निष्कासनका निम्ति अनुमति माग्न पुगेका ९ हाइड्रोपावर कम्पनी,४ वटा अन्य सेक्टर र १ मर्चेण्ट बैंक गरी कुल १४ कम्पनीको आइपीओ आउने भएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेड, विन्द्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, शुभम पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ३ करोड ९ लाख २८ हजार ६७७ कित्ता बराबर ३ अर्ब १० करोड १० लाख २१ हजार ८२० रुपैयाँको आइपीओ आउने भएको छ । जसमध्ये रुरु जलविद्युत परियोजना लिमिटेडको कुल निष्कासन हुने सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि ४ लाख ७ हजार ५०५ कित्ता प्रतिकित्ता रु.१०० का दरले र सर्वसाधारणका लागि एफपीओ(थप प्रिमियमका साथ) ४ लाख ७ हजार ७०६ कित्ता प्रतिकित्ता रु.१२० का दरले निश्कासनको प्रस्ताव गरेको छ ।
अन्य समूहमा रहेका डिसहोम मिडिया नेटवर्क लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड गरी कुल ३ कम्पनीका ७२ लाख ४५ हजार ६९ कित्ता बराबर ७२ करोड ४५ लाख ६ हजार ९०० रुपैयाँ बराबरका आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेका छन्, यी कम्पनीको आइपीओ पनि पाइपलाइनमा राखिएको छ ।
यसैबीच सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआइएल क्यापिटल लिमिटेडको ३ लाख कित्ता बराबर प्रतिकित्ता रु. १०० का दरले ३ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्दैछ ।
आइपीओ निश्कासनका लागि कुन कुन कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् त ? हेरौं यो सूची:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago