काठमाण्डौ । सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निश्कासन(आइपीओ)मा धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने भएको छ ।
धितोपत्र बोर्डले बुक बिल्डिङ्ग विधि लागू गरेको हो । यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ ।
हाल आइपीओ भर्नेहरुलाई बाँडफाँड हुने न्यूनतम संख्या १० कित्ता मात्र रहँदै आएको छ ।
प्रारम्भिक सार्वजनिक निश्कासनमा बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डको संचालक समितिको साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गर्ने निर्णय गरेको हो ।
बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्यनिर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिबृद्धिमा सहयोग पुग्ने, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोवार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ का मुख्य व्यवस्थाहरु यस्ता छन्:
यो पढ्न छुटाउनुभयो कि ?
के हो सार्वजनिक निश्कासनमा बुक विल्डिङ विधि ? यसरी हुन्छ धितोपत्रको मूल्य निर्धारण
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19