काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निश्कासनको आवेदन दिंदा 'ओटीपी'(वान टाइम पासवर्ड)को सट्टा 'पिन कोड'को व्यवस्था गरेको छ ।
'मेरो सेयर' पोर्टलमा रहेको माइ आस्वामार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद आवेदन प्रविष्ट गर्दा ओटीपीलाई प्रतिस्थापन गर्दै पिन (पर्सनल आइडिन्टिफिकेसन नम्बर)को व्यवस्था गरिएको सिडिएससीले जानकारी दिएको छ ।
'मेरो सेयर'मा पहिलो पटक लगइन गर्दा अनिवार्य फोर डिजिटको 'पिन कोड' सेट गर्नुपर्ने सिडिएससीको भनाइ छ । 'मेरो सेयर' प्रयोगकर्ताले अब उप्रान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिदका लागि आवेदन दिंदा अनिवार्य 'पिन कोड' प्रयोग गर्नुपर्ने सिडिएससीले जनाएको छ ।
नयाँ तथा पुराना प्रयोगकर्ताहरुले 'मेरो सेयर' पोर्टल खोल्ने बित्तिकै 'पिन कोड' सेट गर्नका लागि अनुरोध आउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।
'ओटीपीभन्दा पिन कोड सुरक्षित हुने भएकाले नयाँ व्यवस्था गरेका हौं',उनले बिजशालासँग भने-'ओटीपीले सिस्टममा समेत अनावश्यक भार परेका कारण हामीले पिन कोडको नयाँ व्यवस्था सुरु गरेका हौं।'
पिन कोड पनि एक निश्चित समयपछि (१८० दिनपछि) परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago