काठमाण्डौ । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्।
सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाल आइतबार बिहान कतारको दोहा ट्रान्जिट भएर स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन्। जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयालले सम्बोधनसमेत गर्नेछन्।
नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्थालगायतका विषयमा फुयालले सम्वोधन गर्ने कार्यसूची छ। सेमिनारमा सहभागी भएर फुयाल जुलाई १ मा स्वदेश फर्किनेछन्।
आईएलओ, युनिसेफ, ग्लोबल कोलिसन फर सोसल प्रोटेक्सन फ्लोर्स र युरोपेली युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीले दिगो विकास र निर्माणका लागि नवीन अभ्यास र रणनीतिबारे छलफल गर्नेछ। यस गोष्ठीमा एसिया, युरोप, अफ्रिका, अमेरिकाका विभिन्न देशका नीति निर्माता, सामाजिक साझेदार, नागरिक समाज र विकास साझेदारहरु सहभागी हुँदैछन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago