काठमाण्डौ। सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता संगठनको रूपमा रहेको अन्तरराष्ट्रिय सामाजिक सुरक्षा संगठन (आईएसएसए) मा आबद्ध भएको छ ।

सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयले आईएसएसएको सदस्यताका लागि पठाएको निवेदन  सन् २०२३, जुन २६  मा स्वीकृत भएको कोषले बताएको छ ।

आईएसएसएए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएका संस्थाहरूको नेतृत्वदायी अन्तरराष्ट्रिय निकाय हो ।

हालसम्म यसमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् । 

हालसम्म यसमा १६० देशका ३२० संस्थाहरूले यस्तो सदस्यता प्राप्त गरेका छन् ।

नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तरराष्ट्रिय स्तरमा अब्बल र मजबूत बनाउन एवं सिकाइका लागि महत्त्वपूर्ण मञ्च पाउन आईएसएसएमा कोषको सदस्यता फलदायी रहने अपेक्षा गरिएको छ । 

‘सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी, हुँदै स्वरोजगारसम्म विस्तार भएको छ ।

कोषमा विभिन्न क्षेत्रमा लागू हुनेगरी छुट्टाछुट्टै कार्यविधि तयार भई लागू भएको छ,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।