– अर्जुन तिमिल्सिना
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) नेपालका निर्जीवन बीमा कम्पनीहरुमध्ये एउटा हो। यो कम्पनी सन् २००१ को फेब्रुअरी १ मा स्थापित भएको हो। यस कम्पनीमा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सञ्चालक रहेका छन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ र बीमा कोषमा ४८ करोड ४६ लाख ७१ हजार रुपैयाँ रहेको छ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६८.४४ गुणा र प्रतिसेयर कुल सम्पत्ति २४४.०९ रुपैयाँ रहेको छ।
पहिलो त्रैमासमा कम्पनीले ४ कारोड ३५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा झन्डै १ करोड रुपैयाँले बढी हो।
यो कम्पनीले भर्खरै नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले यसअघि पनि चारपटक ५० प्रतिशत, ८० प्रतिशत, १०० प्रतिशत र ८० प्रतिशत गरेर हकप्रद जारी गरिसकेको छ।
देशभर कम्पनीका ४५ शाखा छन्। तीमध्ये १० वटा शाखा राजधानीमा छन्।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मान्छि।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरी १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका हुन्छन्। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो।
इलिअट वेभअन्तर्गत यो कम्पनीले बनाएको प्राविधिक चार्टअनुसार इन्टरमिडियट डिग्रीभित्रको मिनेट वेभको (iii) चलेको देखिन्छ। वेभ (i) सेयरभाउ १०८९ रुपैयाँसम्म पुगेको देखिन्छ। त्यसैगरी वेभ (ii) मा करेक्सन भएर ९८२ रुपैयाँसम्म आएको देख्निछ। हाल वेभ (iii) बढोत्तरीका साथ सेयरभाउ १२६० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। त्यसैगरी वेभ (iv) मा करेक्सन भएर पुनः ११६३ रुपैयाँसम्म र वेभ (v) १५०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ११४५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १०९८ रुपैयाँ, ०.५ प्रतिशतको टेवामा १०४८ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ९९९ रुपैयाँसम्म आउन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत डिसेम्बर २१ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल केही समयपहिले बनेको छ र हिस्टोग्राम पोजिटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा वृद्धि हुन सक्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरको मूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना देखिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ७० रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु ३० को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७६.२९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरको मूल्यमा बुलिस सिग्नल देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ११२०
घटेमा सपोर्ट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचनालाई स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19