nepal police
काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी बढुवामा प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नै विवाद हुने देखिएको छ । बढुवामा कुरा मिलाउन दुई पार्टीबीच आईजीपी पदको भागबन्डा हुने सम्भावना छ ।
दुवै संगठनमा आगामी फगुन ३ गतेबाट आईजीपी फेरिदैछन् । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका दर्जकुमार राई एकै दिन प्रहरी सेवामा भर्ना भएका हुन् ।
राई पछि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा सेवा परिवर्तन गरेर गएका थिए । प्रहरी सेवामा दुवै जना एकै दिन भर्ना भएकाले उनीहरुको ३० बर्षे सेवाहद एकै दिन पूरा हुन्छ । एकैपटक दुवै संगठनको आईजीपी फेर्नुपर्दा कांग्रेस र माओवादी केन्द्रले एक एक वटा आईजीपी पद भागवन्डा गर्ने सम्भावना छ । नेपाल प्रहरीमा अर्यालको अवकाशपछि सिधै डिआईजीबाट आईजीपीमा बढुवा
अहिलेका एआईजीहरु आईपीपीसँगै अवकाश पाउने भएकाले डिआईजीबाट आईजीपी बनाउनुपर्ने अवस्था छ ।
डिआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, र बमबहादुर भण्डारी आईजीपीका प्रमुख दावेदार हुन् ।
दास्रो नम्बरमा रहेका अर्याल पछिल्लो समय राजनीतिक ब्याकिङमा कमजोर छन् भने भण्डारी नेताहरुलाई खुशी बनाएर आईजीपी हुनुभनदा एआईजी पदबाटै सम्मानजनक रुपमा अवकाश हुने सोचमा छन् । जसकारण सिलवाल र चन्दबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । दुबै डिआईजीको कांग्रेस र माओवादीका नेतासँग राम्रो सम्बन्ध छ । यो समाचार आजको दृष्टि साप्ताहिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago