काठमाण्डौ । आईटी क्षेत्रको दिग्गज कम्पनी इन्फोसिसको सेयरमा मंगलबार एकैदिन करिब १७ प्रतिशतले गिरावट आएको छ ।

विगत ६ वर्षमा एकैदिन यत्रो गिरावट आएको पहिलोपटक हो । जसका कारण लगानीकर्ताले करिब ५३ हजार करोड नोक्सानी व्यहोर्नुपरेको छ ।

मंगलबार मार्केट बन्द हुँदासम्म इन्फोसिसको मार्केट क्यापिटलाइजेसन २.७४ लाख करोड रुपैयाँ थियो । जुन पछिल्लो सत्रमा ३.२७ लाख करोड रुपैयाँ थिो । मार्केट क्यापिटलाइजेसनका अर्थ सेयर बजारमा कम्पनीको कारोबार मूल्य हो ।

यो गिरावट कम्पनीको म्यानेजमेन्टमाथि गम्भीर आरोप लागेको एक दिनपछि आएको हो । भारतको दोस्रो सबैभन्दा ठूलो आईटी सर्भिस कम्पनीले गुमनाम व्यक्तिहरुले कम्पनीले गलत तरिका अपनाइरहेको गुनासो गरिरहेको खुलासा गरेको छ । ती व्यक्तिहरुले विशेषगरी इन्फोसिका सीईओ सलिल पारेख र सीएफओ निलन्जन रायमाथि आरोप लगाएका छन् । उनीहरुको गुनासोको छ कि पारेख र रायले कम्पनीको आय र मुनाफा बढाइचढाइ गरेर देखाउने र आर्थिक हिसाबकिसाब हेरफेर गर्ने कोसिस गरिरहेका छन् ।

यसरी आएका गुनासाहरुमाथि बोर्डले सम्बन्धित अधिकारीहरुलाई तुरुन्त अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । बोर्डले ईमेल र भ्वाइस रिकर्डिङमार्फत आएका गुनासाहरुको छानबिन गर्न निर्देशन दिएको छ ।

इन्फोसिसका अध्यक्ष नन्दन नीलेकणीले यी मामिलाको जाँच गर्ने तयारी भइरहेको बताए। उनले कम्पनीको अडिट कमितिले ती आरोपहरुमाथि स्वतन्त्र जाँच हुने जानकारी दिए ।

स्टक एक्सचेन्जलाई दिइएको बयानमा नीलेकणीले गत अक्टोर ११ को बोर्ड मिटिङपछि अडिट कमिटीले सुरआती जाँचका लागि स्वतन्त्र आन्तरिक लेखापरीक्षकसँग कुराकानी सुरु गरेको छ । अडिट कमिटीले शार्दुल अमरचन्द मंगलदास एन्ड कम्पनी नामक ल फर्मलाई कम्पनीको हिसासकिताब जाँच गर्ने जिम्मेवारी दिएको छ । नीलेकणीले जाँचपछि आउने रिपोर्टका आधारमा बोर्डले जरुरी कदम उठाउनेछ ।

अध्यक्ष नीलेकणीका अनुसारसीईओ र सीएफओको मामिलालाई अलगअलग ढंगले जाँच भइरहेको छ, जसले गर्दा जाँच गर्न स्वतन्त्रता र सुनिश्चितता आउने सक्नेछ।

पछिल्लो दुई वर्षयता गुनासाकर्ताका कारण कम्पनी विवादमा पर्दै आएको छ । जसका कारण विशाल सिक्काले सीईओ पद छोड्नु परेको थियो ।

गुनासाकर्ता कम्पनीकै गुमनाम कर्मचारीहरु हुन सक्ने बताइएको छ । –एजेन्सी