काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य विस्तारै उकालो लाग्ने संकेत देखिएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार कम्पनीको सेयरभाउ १.७७ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीको सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ पुगेको छ । जुन मूल्य आईपीओ निष्कासन गरिएको मूल्यभन्दा केहि धेरै हो ।
साताको दोस्रो दिन सोमबार कम्पनीको सेयरमा खरीदकर्ताहरु अत्यधितक रहेका छन् । बिक्री चाप भने कम छ ।मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा १९ हजार ४०० कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद अर्डर १ लाख १६ हजार १५ कित्ता रहेको छ ।
कम्पनीले प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।गत साता मात्रै उक्त कम्पनीको पहिलो कारोबार ओपनिङ सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा शुरु भएको थियो ।
पहिलो कारोबार शुरु भएदेखि नै कम्पनीको सेयरमूल्य घट्ने क्रम रहेता पनि आइतबारदेखि ब्रेक लागेको छ । यद्यपि सेयरभाउमा उतारचढाव भने कायमै छ । यसअघिका कारोबार दिनमा भने कम्पनीको सेयरमूल्य १० प्रतिशतले निरन्तर घटिरहेको थियो ।
दसैं अगाडि जबर्जस्ती १ हजार ९०० विन्दुमा रहेको बजार दसैँ लगत्तै कारोबार खुलेको दिनदेखि लगातार घटिरहेको छ ।
हुन त पछिल्लो समय अर्थतन्त्रमा मन्दी चलिरहेकोले विकास निर्माणको कामले गति लिन सकेको छैन । भूकम्पले पनि अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसो त धेरैजसो उद्योगधन्दा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत् अव कम्पनीको सेयरमूल्य विस्तारै बढ्दै जाने भएकाले आत्तिएर बिक्री नगर्न सुझाव दिएका छन् । उनीहरुले भनेका छन्,‘ कम्पनीको सेयरमूल्य जति घटुनु घटिसक्यो, अव बढ्नै नै हो, होल्ड गर्नु नै बेस हुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago