काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओमा झुटा आवेदन दिनेलाई कानुनी कारबाहीको चेतावनी दिएको छ।
घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ८५ लाखभन्दा बढी कित्ता झुटा आवेदन परेपछि सीडीएससीले आज एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो।
आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएर संगठित संस्थाले जारी गरेको आईपीओमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवं जालासाजीयुक्त कारोबार हुने व्यवस्था रहेको छ।
त्यसैले त्यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने सीडीएससीले चेतावनी दिएको हो।
घोराही सिमेन्टको आईपीओमा ६५ हजारभन्दा बढी आवेदकबाट परेको ८५ लाख कित्ता बढी सेयर आवेदन रद्द भएको सीडीएससीले जनाएको छ। यी सबै आवेदकको बैंक खातामा पैसा नहुनु वा खातामा मौज्दातभन्दा बढी रकमको आवेदन दिएर रद्द भएको सीडीएससीले जानकारी दिएको छ। अझै यो रद्द भएको आवेदनमा ६ आवेदकबाट १०–१० लाख कित्ता सेयर माग भएको थियो।
ठूलै चलखेल भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि आजै एक सूचना प्रकाशित जाँचबुझका लागि घोराही सिमेन्टको आईपीओको सम्पूर्ण निष्कासन प्रक्रिया स्थगन गरेको छ। यो विषयमा छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सेबोनले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago