काठमाण्डौ । तीन जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरिरहेका छन्।
रिलायबल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी कुल २५७ रुपैयाँ, सिटिजन लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँ र सन नेपाल लाफइले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप प्रिमियम गरी कुल २३९ रुपैयाँमा आईपीओ निष्कासन गरिरहेका हुन्।
सीडीएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म सिटिजन लाइफको आईपीओ १३.९७ प्रतिशत र सन नेपाल लाइफको ३०.५२ प्रतिशत बिक्री हुन बाँकी रहेको छ। रिलायबल नेपाल लाइफको आईपीओमा १.११ गुणा बढी आवेदन परिसकेको छ।
सीडीएससीका अनुसार रिलायबल नेपाल लाइफको आईपीओमा कुल १८ हजार ४५७ जनाले १३ लाख ३६ हजार ६२० कित्ता आईपीओका लागि आवेदन दिएका छन्। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि १० प्रतिशत आरक्षण छुट्याउनुपर्ने प्रावधानअनुसार रिलायबल नेपाल लाइफले कुल १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारमा गएकाहरुलाई छुट्याएको छ।
त्यस्तै सिटिजन लाइफको आईपीओमा १३ लाख ९४३ जनाले ९ लाख ८७ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा हालसम्म कुल २४ करोड ८ लाख ४५ हजार रुपैयाँ संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ।
यसका साथै सन नेपाल लाइफको आईपीओमा पनि हालसम्म १७ करोड ५७ लाख ८६ हजार रुपैयाँ संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा बुधबार साँझ ५ बजेसम्म ११ हजार ४७९ जना आवेदकबाट कुल ७ लाख ३५ हजार ५१० कित्ताका लागि आवेदन दिएका हुन्।
यी आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट आवेदन दिने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago