काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि यही माघ २६ गतेबाट आईपीओ निष्कासन गर्दैछ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओमा निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ।
आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
इमर्जिङ नेपालको यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।
कम्पनीले आव २०८०/८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.१६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ६.७७ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ७ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।
त्यस्तै आव २०८०/८१ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.५३ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ १०६.३७ रुपैयाँ र आव २०७९/८० मा १०६.३७ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।
आईपीओ बिक्रीपछि चुक्तापुँजी ५५ करोड ५६ लाख पुग्ने कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४ करोड ५३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा ३ करोड ७५ लाख रुपैयाँ र आउँदो आवमा ३ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
अबको ३ वर्ष अर्थात आव २०८०/८१ आरओई ८.१६ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ। चालु आवमा आरओई ७.८७ प्रतिशत र आगामी आवमा ८.३९ प्रतिशत रहने संस्थाको अनुमान छ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार ८ करोड १८ लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ। चालु आवमा रिजर्भमा ३ करोड ५३ लाख हुने अनुमान गरिएको छ।
कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पुँजी आर्थिक पूर्वाधारको क्षेत्र, ऊर्जा क्षेत्र र अन्य विविध क्षेत्रमा उपयोग गरिने जनाएको छ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago