काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको सेयरभाउ आईपीओको मूल्यभन्दा तल झरेको छ। 

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो। जसमा अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपिएको थियो। 

यो कम्पनीको सेयर आज ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएको थियो। आज प्रतिकित्ता ४३९ रुपैयाँ घोराही सिमेन्टको कारोबार खुलेको थियो। 

आज कारोबारका क्रममा यो कम्पनीको सेयरभाउ ४४३ रुपैयाँ उच्चस्तरसम्म पुगेको थियो भने ४३० रुपैयाँ न्यूनस्तरसम्म पुगेको थियो। 

त्यसो त हालसम्म यो कम्पनीको सेयरभाउ ५२ साताको अधिकतम स्तर ५८१.४० रुपैयाँ र न्यून स्तर ४३० रुपैयाँ रहेको छ।