काठमाण्डौ । चन्द्रागिरी केबलकार चढ्नेको संख्या ह्वात्तै बढेको छ।

हिजो शनिबार एकैदिन लकडाउनपछिकै सबैभन्दा धेरैले चन्द्रागिरी केबलकार चढेका छन्। चन्द्रागिरी हिल्सका एक सञ्चालकका अनुसार हिजो एकैदिन ३ हजार व्यक्तिले चन्द्रागिरी केबलकार चढेका छन्।

चन्द्रागिरी हिल्सले हालै स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। तर आईपीओ भर्ने सबैलाई नपर्ने भएपछि कम्पनीले आवेदकलाई सम्मानस्वरुप चन्द्रागिरी केबलकार चढ्दा २५ प्रतिशत छुट दिने घोषणा गरेको थियो।

हिजो शनिबार ३ हजार व्यक्तिले केबलकार चढ्दा कम्पनीको आईपीओ भरेका ४०० जनाले छुट सुविधासमेत प्रयोग गरेको कम्पनीले जनाएको छ। यो कम्पनीको आईपीओ गत शुक्रबार बाँडफाँड भएको थियो।

केही समयअघि सामाजिक सञ्जालमा सेयर बजारका सचेतक शिवचन्द्रले चन्द्रागिरी हिल्सले व्यापार प्रवद्र्धन गर्न आईपीओ भर्ने सबैलाई एकपटक केबलकार चढ्दा निःशुल्क स्किम ल्याउन सके व्यापार उल्लेख्य बढ्ने र कम्पनीको थप प्रगति हुने सुझाव दिएका थिए।यही सुझावलाई नै मनन गर्दै चन्द्रागिरी हिल्सले कम्पनीको आईपीओ भर्नेसबैलाई २५ प्रतिशत छुटको सुविधा घोषणा गरेको थियो। 

छुट पाउनका लागि भने आईपीओ आवेदन गरेको प्रमाण पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।