काठमाण्डौ  । आईसीएफसी फाइनान्स लिमिटेडले निकाल्न लागेको ‘१२% आइसीएफसी डिबेन्चर २०८२’ ऋणपत्रले केयर एनपी बीबीबी (ट्रिपर बी) रेटिङ पाएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले आईसीएफसी फाइनान्सको ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने ट्रिपल बी रेटिङ प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजार दरका २ लाख कित्ता अर्थात् २० करोड रुपैयाँबारबरको ऋणपत्र ल्याउन लागेको छ ।

यो फाइनान्सले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रमा वार्षिक १२% ब्याज पाइनेछ ।

यद्यपि कम्पनीले ऋणपत्र निकाष्सनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन । बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र कम्पनीले ऋणपत्र निष्कासन प्रक्रिया अगाडि बढाउन पाउँछ ।