काठमाण्डौ । सामूहिक लगानी कोष(म्युुचुुअल फण्ड) ल्याउने लहरमा अब एनआइसी एशिया क्यापिटल लिमीटेड पनि थपिएको छ । एनआइसी एशिया बैंकको यो सहायक कम्पनीले १ अर्ब रुपैयाँको ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड ल्याउने तयारी थालेको हो । 

यो कम्पनीले १० रुपैयाँ दरका १० करोड इकाई बिक्रीको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

क्यापिटलले सामूूहिक लगानी कोष सार्वजनिक बिक्रीमा ल्याउन सम्पूर्ण प्रक्रिया पूूरा गरी धितोपत्र बोर्डमा प्रस्ताव पेस गरेको जनाएको छ । यो कम्पनीले हाल शेयर निष्काशन तथा बिक्रीप्रबन्धकसँगै, लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

यसअघि विभिन्न तीन कम्पनीले समेत सामूहिक लगानी कोष संचालनको प्रस्ताव बोर्डमा दिएका छन् । यी सबै कोषलाई संचालनको स्वीकृति दिएपछि सामूहिक लगानीकोषमा लगानीको निकै ठूलो अफर आउनेछ ।