काठमाण्डौ । काठमाण्डौमा आउँदो असोज १ गतेबाट विद्यालयहरु खुल्ने भएका छन्। 

आज बसेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित सुरक्षा निकाय, नगर शिक्षा समिति तथा अभिभावक संघका प्रतिनिधिको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। बैठकले कोरोना संक्रमण जोखिमको अवस्था विश्लेषण गरी नगर शिक्षा समितिले विद्यालय खोल्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने निर्णय गरेको छ। 

नगर शिक्षा समितिले कोरोना संक्रमणको जोखिम नभएको ठाउँहरुमा विद्यालय खोल्न अनुमति दिन सक्नेछ। कोरोना संक्रमण जोखिम देखिएको ठाउँमा भने विद्यालय खोल्न नदिने निर्णय समितिले गर्न सक्नेछन्।