काठमाण्डौ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याइने बताए। पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको पनि उनले बताए।
ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने, हिल स्टेसन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने बजेटमा उल्लेख छ। पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने योजना पनि बजेटमा समावेश गरिएको छ।
ग्रेट हिमालयन ट्रेलको स्तरोन्नतिदेखि सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र स्थापनालगायतका योजना पनि बजेटमा परेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19