काठमाण्डौ । कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित सेयरको घरायसी र मृत्यु नामसारी आगामी आइतबारबाट पुनः सुचारु हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले एक सूचना जारी गर्दै स्थगित सेयरको घरायसी र मृत्यु नामसारी आगामी आइतबार (असार २७ गते) बाट पुनः सुचारु हुने जानकारी गराएको हो। निक्षेप सदस्य, सेयर रजिस्ट्रार तथा सरोकारवालाहरुका नाममा जारी सूचनामा कोरोना महामारीको दोस्रोका कारण गत वैशाख १२ गतेदेखि स्थगित यी सेवा पुनः सुचारु गरिने जानकारी सीडीएससीले गराएको हो।
सरकारले निषेधाज्ञा खुकुलो पार्दै गइरहेकोले सम्पूर्ण स्वास्थ्य मापदण्डका उपाय अवलम्बन गर्दै पुनः यी सेवा सुचारु गर्न लागिएको सीडीएससीले जनाएको छ। सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाउँदै यी सेवा लिन सीडीएससीले आग्रह गरेको छ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक हुनेले मात्र यी सेवा लिन सीडीएससीले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19