काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार आगामी साताको आइतबारदेखि हुने भएको छ।
प्रभु लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणका लागि निवेदन दिइसकेको छ। सीडीएससीमा पनि आवेदन दिने प्रक्रियामा रहेको कम्पनीका सीईओ नारायण पौडेलले जानकारी दिए। भोलि वा पर्सिसम्म नेप्सेमा कम्पनीको धितोपत्र सूचीकृत हुने सम्भाव प्रबल रहेको छ।
प्रभु लाइफ इन्स्योरेन्सको ओपनिङ रेन्ज प्रतिकित्ता रु.१०९.५६ देखि रु. ३२८.६८ नेप्सेले तोक्न सक्छ। दोस्रो बजारमा पहिलोपटक कारोबार खुल्दा नेप्सेले तोक्ने ओपनिङ रेन्जभित्र स्पेसल प्रिओपन सेसनमा कारोबारमा भए यो कम्पनी धितोपत्र किनबेच नियमित समयमा सुचारु हुनेछ।
प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19