– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा चमक आइरहेको बेला लगानीकर्ताको ध्यान बीमा समूहमा तानिएको देखिन्छ। जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुमध्ये केही राम्रा कम्पनी लगानीकर्ताले आफ्नो रोजाइमा पर्न सफल भएका छन्।
भविष्यमा बीमा क्षेत्रमा आमसर्वसाधारणको सहभागिताले यो क्षेत्रमा व्यापक सम्भावना तथा व्यापारलाई ध्यानमा राखी लगानीकर्ताले पुँजीगत लाभ तथा लाभांशको आँकलन गरी पैसा लगाइरहेका छन्। यसका साथै बीमा कम्पनीहरुको पुँजी सानो रहेको र भविष्यमा व्यापार बढ्दै जाँदा पुँजी बढाउनकै लागि बोनस तथा हकप्रद जारी गर्ने अनुमानले पनि लगानीकर्ताले बीमा कम्पनीहरुमा लगानी बढाइरहेका छन्।
अहिले बजारमा निर्जीवन बीमा समूहमा सूचीकृत नेको इन्सुरेन्सको चर्चा तथा परिचर्चा सुनिन्छ। कम्पनीको कुशल व्यवस्थापन तथा उच्च आम्दानीको सम्भावना देखेर लगानीकर्ताले लगानी बढाएका हुन्।
आज हामीले लगानीकर्तालाई नेको इन्सुरेन्सको अवस्था बुझ्न सहज होस् भनेर यसको अधारभूत तथा प्राविधिक विश्लेषण गरेका छौँ।
आधारभूत पक्ष
आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा नेकोले निर्जीवन कम्पनीहरुमा नै अग्रणी प्रतिवेदन प्रस्तुत गरेको छ। जसअन्तर्गत समीक्षा अवधिमा कम्पनीले २६ करोड ४० लाख खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको तुलानामा ६०.०१ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमा शुल्क ९४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्षभन्दा २३ करोड ४४ लाख रुपैयाँले बढी हो।
कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड ७४ लाख रहेको छ भने जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैयाँ छ। बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दनी ४०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.९४ गुण रहेको छ।
प्राविधिक पक्ष
बोलिंगर ब्यान्ड
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा। दोस्रो हो, अप्पर ब्यान्ड अनि तेस्रो लोअर ब्यान्ड। यस ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषमा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ। जब तल्लो रेखालाई छुन्छ बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
अब हेरौँ नेको इन्सुरेन्सको बोलिंगर ब्यान्ड
आरएसआई
यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भने छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ७१.९८ रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ। अघिल्लोपटक यो विन्दु ९० को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यस कम्पनीको सेयरको भाउ केही समय बढ्ने देखिन्छ।
एमएसीडी लाइन
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने सन् २०२१ जनवरी १२ का दिन सेयरको मूल्य १२६० रुपैयाँमा खरिद सिग्नल बनेको देखिन्छ।
मैनबत्ती विश्लेषण
यो कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा सेतो मैनबत्ती बनेको छ। जसले बढ्दो बजारलाई संकेत गर्छ। यो मैनबत्ती जति लामो भयो बजार बढ्दै जाने हुन्छ भने छोटो हुँदै गएपछि बजार घट्दै जाने हुन्छ।
पिभट विश्लेषण
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १ – १५९८
प्रतिरोध २ – १६१४
प्रतिरोध ३ – १६४७
पिभट पेइन्ट – १५८१
घटेमा सर्पोट
सपोट १ – १५६५
सर्पोट २– १५४८
सर्पोट ३ – १५१५
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19