काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले ७ करोड ६४ लाख मूल्य बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

सर्वसाधारणका लागि एकसय रुपैयाँ दरका कुल ७ लाख ६४ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि यो कम्पनीले बोर्डमा आवेदन दिएको हो । 

यो कम्पनीले हालै आयोजना प्रभावित लमजुंग जिल्लाका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता सेयर आइपीओ गरेको थियो । 

नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

रादी विद्युत कम्पनीले ०७१ देखि ४.४० मेगावाटका रादी साना जलविद्युत आयोजना लमजुंग जिल्लामा संचालन गरिरहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड थ्रीको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यसको आधारभूत अवस्था औसत छ भन्ने हो । 

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोडको उचाईमा पुुग्नेछ ।