काठमाण्डौ । लाभांश वितरणमा रोक, एपेक्स डेभलपमेन्ट बैंकसँगको मर्जर सम्झौता खारेजी लगायतका आधादर्जन मुद्धा अदालतबाट खारेज भएसँगै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयरमा खरीद चाप देखिएको छ ।
यो बैंकलाई उच्च अदालत पाटनले लाभांश वितरण सम्बन्धी निर्णय गर्न र अन्य महत्वपूर्ण निर्णय गरी बैंकलाई तीव्र विकासको रफ्तारमा दौडाउने बाटो खोलिदिएसँगै लगानीकर्ता एनसीसी बैंकको सेयर खरीद गर्न इच्छुक देखिएका छन् ।
यो बैंकले हालै ५० प्रतिशत हकप्रद बेचेर चुक्तापूँजी ७ अर्ब १ करोड ८५ लाख पुर्याएको छ । चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यतालाई उसले बोनस सेयर घोषणा गरी अन्त गर्नेछ । यसको अर्थ बैंकले कम्तीमा पनि १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर घोषणा गर्नुपर्ने हुन्छ । बैंकको तयारी समेत सोही अनुसारको छ । यही कुरा थाहा पाएका लगानीकर्ताले बैंकको सेयर उठाउने दौडधूपमा लागेका हुन् ।
यो समाचार तयार पार्दासम्म एनसीसी बैंकमा खरीद चाप देखिएकै कारण दोश्रो बजार सेयर मूल्य १.५४ प्रतिशतले बढिसकेको छ । खरीदतर्फ १ लाख ३३ हजार बढी कित्ताका लागि अर्डर पोस्ट भएको छ भने बिक्रीतर्फ ७८ हजार बढीको अर्डर पोस्ट भएको छ । बिक्री भन्दा खरीदतर्फको बढी अर्डर पोष्टले यो बैंकको सेयर मूल्य अझै बढ्ने देखिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago