काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा रियायबल नेपाल लाईफ इन्स्योरेन्सको खुद नाफामा झिनो अन्तरको वृद्धि भएपनि उल्लेख्य बीमाशुल्क आम्दानी गर्न सफल भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म ६ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्षको सोही अवधिसम्ममा ८ करोड ४६ लाख आम्दानी गर्न सफल भएका भएको छ । यो अघिल्लो त्रैमासको भन्दा २ करोड ३३ लाख अर्थात् २६ दशमलव ९६ प्रतिशतले बढी हो ।


खुद मुनाफा आर्जनमा उत्साहजनक देखिएको कम्पनीको बीमा शुल्क आम्दानी पनि निकै सकारात्मक देखिएको छ । अघिल्लो त्रैमासमा ९ करोड २७ लाख ४० हजार बीमा शूल्क आर्जन गरको कम्पनीले यस वर्षको तेस्रो त्रेमाससम्म आइपुग्दा सो आम्दानीमा उल्लेख्य वृद्धि गरी २१ करोड २ लाख ११ हजार कायम गर्न सफल देखिएको आइतबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

बीमा शुल्क आम्दानीमा निकै आक्रामक देखिएको कम्पनीले दावी भुक्तानी निकै कमजोर देखिएको छ । यस वर्ष तेस्रो त्रेमासम्ममा कम्पनीले ४ वटा मात्र दावी परेको र ४२ लाख २८ हजार दावीभुक्तानी गरेको उल्लेख गरिएको छ । कम्पनीले हालसम्म ५९ हजार ३ सय ५१ वटा बीमालेख जारी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको कम्पनीले बीमा समितिको निर्देशन अनुसार २ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने छ । 
 

८ करोड ९५ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६ पैसा कायम भएको छ । यस वर्षबाट मात्र कारोबार शूरु गरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६ दशमलव ३९ रुपैयाँ देखिएको हो ।