काठमाण्डौ। कोरोनाभाइरस कहर सबैभन्दा बढी परेको देशहरुमध्ये एउटा इरान। हालसम्म यहाँ २७ हजार मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने २ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
जानकारीहरुका अनुसार इराममा कोरोनाबाट भएको वास्तविक क्षतिको विवरण लुकाउने काम भइरहेको छ। किनकि इरानका सुप्रिम लिडर अयातुल्लाह अली खामेनेईले फेब्रुअरी १९ मा पहिलोपटक गरेको कोरानासम्बन्धी सम्बोधनमा आफ्ना जनतालाई यो भाइरसबाट नडराउन अपिल गरेको थियो। सकारले यो पनि भनेको थियो कि दुश्मनहरुले यो भाइरसबारे बढाइचढाइ भनिरहेका छन्।
त्यसको करिब एक सातामै संक्रमित र मृतकको संख्या बढ्यो तर राष्ट्रपति हसन रुहानीले सुप्रिम लिडर खामेनईकै शब्दलाई दोहोर्याउँदै दुश्मनको षड्यन्त्र भएको संज्ञा दिए। उनले भने, ‘यो हामीलाई अगाडि बढ्नबाट रोक्ने षड्यन्त्र हो, नडराई अगाडि बढ्नुहोस्, आफ्नो नियमित काममा जानुहोस्।’
केही समयअघि इरानको सरकारी टेलिभिजनहरुमा यो भाइरस अमेरिकाद्वारा बनाइएको ‘बायो वेपन’ हुने समाचार फैलिइरहेको थियो। सुप्रिम लिडरले पनि यसलाई बायोलोजिकल हमलाको संज्ञा दिँदै ट्विट गरेका थिए।
रफ्तारमा फैलियो भाइरस
तर १६ दिनमै यो भाइरस इरानको ३१ वटै प्रान्तमा फैलियो। इराक, पाकिस्तान, यूएई, कुवेत, कतारजस्ता अन्य १६ मुलुकले पनि यो दाबी गरे कि यो भाइरस इरानबाट आफ्नो देशमा फैलियो।
यसका बाबजुद पनि यो भाइरससँग लड्न संघर्षरत रह्यो र अमेरिकाले मद्दत गर्ने प्रस्ताव गर्दा उसले इन्कार गर्यो। इरानले अमेरिकामाथि विश्वास गर्ने अवस्था नरहेको भन्यो। सुप्रिम नेता खामेनेईले भने, ‘यो भाइरस फैलिनुमा अमेरिकाको हात रहेको आरोप लागिरहेको छ, यस्तो अवस्थामा अमेरिकालाई कसरी विश्वास गर्ने ?’
खामेनेईको यस्तो धारणा आइरहेकै बेला थुप्रै इरान जनता स्वास्थ्य मन्त्रालयले गरेको यात्रा नगर्नेसम्बन्धी अपिललाई बेवास्ता गर्दै हलिडे पर्सियन न्यु ईयर मनाउ क्यास्पियन सागर र अन्य देशमा गए। त्यहाँको स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्किन अपिल गरेको थियो।
इरानले भाइरसबाट बच्न के कदम उठायो ?
इरानका राष्ट्रपति रुहानीले देशभरका सपिङ सेन्टर र बजार १५ दिनका लागि बन्द गर्ने आदेश दिए। केवल औषधि र दैनिक उपभोग्य वस्तुको सामान किन्न र बेच्नमात्र छुट दिइयो।
सरकारले कोम र मशहाद सहरस्थित धार्मिकस्थलसहित प्रमुख धार्मिकस्थल पनि बन्द गर्यो। कोम सिया मुस्लिमको पवित्र धार्मिकस्थल मानिन्छ। यहाँ हरेक वर्ष लाखौँ शिया मुस्मिल श्रद्धालु आउँछन्। यो इलाका कोरोना महामारीको केन्द्र बनेको छ।
यो धार्मिक स्थल पहिले नै बन्द नगरिएकोमा इरानकी सरकारको चर्को आलोचनासमेत भइरहेको छ। यी धार्मिक स्थल बन्द गरिए पनि मानिसको चहलपहल घटेको थिएन। पछिल्लो समय मेयरले ठूलो मानवीय क्षति हुने भन्दै पूरै सहर लकडाउन गरेका छन्।
त्यसो त इरान सरकारले अहिले स्कुल, विश्वविद्यालय र धार्मिक स्थल बन्द गरेको छ। त्यस्तै संस्कृतिक र धार्मिक समारोहमा पनि रोक लगाएको छ। यद्यपि पूरै देश अहिलेसम्म लकडाउन गरेको छैन।
राष्ट्रपति रुहानीले आमजनता र कारोबारीमा परेको असरलाई ध्यानमा राखेर विभिनन आर्थिक प्याकेज पनि घोषणा गरेका छन्। उनले हेल्थ इन्स्योरेन्स, ट्याक्स र अन्य सुविधाको बिल भुक्तानीको समयावधि पनि बढाएका छन्।
सरकारले इरानका ३० लाख करिब जनतालाई नगद धनराशि सहयोग गर्ने र अन्य ४० लाख जनतालाई कम ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा पनि गरेको छ।
तर आलोचकहरुले इरान सरकारले कोरोना रोकथामका लागि निकै पहिले नै कडा कदम चाल्नुपर्ने बताउँछन्।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले भने अमेरिकाको प्रतिबन्धका कारण इरानले हेल्थकेयर सिस्टममा असर परेको बताएका छन्। इरानको संशाधन पनि कमजोर पारेको उनले दाबी गरेका छन्।
अमेरिकाले इरानको आरोप खण्डन गर्दै इरानलाई मेडिकल सामग्री आपूर्तिमा कुनै छेकबार नगरिएको दाबी गर्दै आएको छ।
इरान सरकारले हालै अन्तर्राष्ट्रिय मुद्रा कोषमा ५ बिलियन डलरको आपतकालीन मद्दतको माग पनि गरेको छ।
के इरानसँग मेडिकल उपकरण पर्याप्छ ?
विश्व स्वास्थ्य संगठनले इरानका स्वास्थ्यकर्मीका लागि डाइग्रोस्टिक किट र सुरक्षा उपकरण पठाएको थियो। जसमा ७.५ टन मेडिकल सप्लाई समावेश थियो।
अन्य देशलाई जस्तै इरानका मानिसलाई पनि मास्क र सेनिटाइजरजस्ता वस्तुख खरिद गर्न लाइनमा बस्नुपर्ने आउन सक्छ। जहाँ यी सामान पाइन्छ त्यहाँ यी सामानको मूल्य १० गुना बनाइएको छ।
इरानका जो मानिस बढी खतरामा छन्
इरानको एउटा समूहले यो भाइरसका कारण निकै चिन्तित छ। सन् १९८० को दशमा आठ वर्ष चलेको इरान–इराक युद्धका दौरान रासायनिक हमलापीडित यो भाइरसबाट चिन्तित रहेका हुन्। जसमा वृद्ध बढी छन्।
यी रसायनिक हमलामा बचेका मानिस हुन्। धेरैजसो उनीहरु अहिले वृद्धसँगै स्वास्थ्य समस्याबाट ग्रसित छन्। यस्तो अवस्थामा यदि यो भाइरसको चपेटमा परे उनीहरुलाई निकै खतरा हुने विश्लेषकहरु बताउँछन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago