-धनकुमार राई
बजारमा दुईथरि लगानीकर्ताहरु मात्र हुन्छन् । एकथरि खरिदकर्ताहरु जो बिक्रीकर्ताहरुलाई कतिसम्मको मूल्यमा बिक्री गर्न लगाउने भनेर मोलमोलाई गर्दछन् र अर्कोथरि बिक्रीकर्ताहरु जान्न चाहान्छन कि कतिसम्ममा खरिदकर्ताहरुले किन्ने इच्छा राख्दछन् । यही मोलमोलाइले बजार चलिरहेको हुन्छ । बजारको मोलमोलाइमा बिक्रीकर्ताहरु डराएर कम मूल्यमा बेच्न बाध्य बन्दा बजार घटिइरहेको हुन्छ भने बजार मूल्यभन्दा महङ्गोमा किन्ने इच्छा राख्ने खरिदकर्ताहरुको इच्छाकै कारण बजार बढ्ने गर्दछ ।
यसरी दशैंअगाडि र दशैंपछिको बजारलाई हेर्दा पनि स्वभाविक मोलमोलाइ चलेको देखिन्छ । प्राविधिक गणितलाई अध्ययन गर्दा बजारमा प्राविधिक संकेतहरुको बलियो आधार प्राप्त हुँदा आउने दिन बजारमा गति प्राप्त हँुदै खरिदकर्ताहरुको प्रदर्शन नेतृत्वदायी नै हुने आशा गर्न सकिन्छ । दशैंअगाडि १३०० को अवरोधबाट उम्कन नसकी १२८८ को उच्चस्तरमै सीमित बजारले फेरि मोलमोलाई गर्दै १२१० भन्दा माथिबाट १२५० सम्मको यात्रा तय गरिसकेको देखिन्छ । जसले फेरि पनि १२५० को अवरोधबाट हेपिएर १२४१ मा रहे पनि पछिल्लो उच्चस्तर (१२८८ लाई जित्दै १३०० भेट्याउने प्रयास हुने नै छ ।
प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२३५ देखि कम्तीमा पनि १२५१ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।
दैनिक MACD अनुसार बजारमा बिक्री दवाब नरहने देखिएको र साप्ताहिकको असर अझै निरन्तर रहेकोले बजारको बढ्ने क्रम स्वभाविक उतारचढाव भन्दा माथि रहेर बढ्नैपर्ने देखिन्छ । बजारमा हाम्रो प्राविधिक सेटअप अनुसार पनि दैनिकMACD ले हामीले देखाएको नेगेटिभ क्रसओभरको दवाबबाट मुक्त बन्दै पोजिटिभ बनिसकेकोले प्राविधिक गणितको उपयोगले बजारमा रहेको बिक्री दवाव नरहने र बजारको आउने लक्ष्य माथितिर नै स्थायी हुने पक्का गर्ने प्राविधिक आधारहरुको संकेत प्राप्त भइनै रहेका छन् ।
यसरी अझ पनि बजार १२५० बिन्दु भन्दा माथि दुरगामी लक्ष्य उन्मुख नै रहेको छ भने भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी प्रमाणित अभ्यासको म्याण्डेट अनुसार पनि बजार स्वभाविक उतार चढावभन्दा माथि उठेर बुलिस दिशा तय गर्दै प्राविधिक संकेतको म्यान्डेट प्राप्त गर्नेमा लगानीकर्ताहरु ढुक्क बने हुने देखिन्छ ।
(लेखक सेयर बजारका प्राविधिक विश्लेषक हुन्।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago