काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको विभागले जनाएको छ। आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेको छ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago