काठमाण्डौ । नेपाल धितोपत्र बोर्डद्वारा गठित कमिटी र लगानीकर्ताका संघसंगठनका बीच आगामी सातादेखि धितोपत्र बजार खोल्ने सहमति भएको छ।
धितोपत्र बजार खोल्ने सम्बन्धमा आज शुुक्रबार बोर्डको कार्यालयमा सम्पन्न कमिटी र लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा सकारात्मक माहौलका साथ बजार खोल्ने तयारी भइरहेको छलफलमा सहभागी लगानीकर्ता दबाब समूूहका संयोजक तिलक कोइरालाले बिजशालालाई जानकारी दिए। कमिटीले तयार गरेको प्रतिवेदन भोलि शनिबार वा पर्सि आइतबार बोर्डको बोर्ड बैठकमा पेस गरी बजार सुुचारु गर्ने सहमति बनेको उनको भनाइ छ।
कोइरालाका अनुसार अर्थमन्त्री डा. युुवराज खतिवडालाई कुुनै दोष नआउने गरी धितोपत्र बजार सञ्चालन गर्न बोर्डलाई सम्पूूर्ण अधिकार दिइएको छ। उनले भने, ‘आगामी साता बजार खुुल्छ।’
छलफलमा सहभागी सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले कमिटीले तयार पारेको प्रतिवेदनअनुसार नै बजार सुुधार गर्दैै धितोपत्र बजार खुल्ने बताए।
छलफलमा हाल मौजुुदा अनलाइन कारोबार र रकम हस्तान्तरणका माध्यमहरुकै कारण घरमै बसेर पनि धितोपत्र कारोबार सम्पन्न हुुनसक्ने बैठकको निष्कर्ष छ। अबोप्रान्त धितोपत्र बजार बन्द नगर्ने व्यवस्था मिलाउन र धितोपत्र कारोबारका विषयमा आम लगानीकर्ताहरुलाई सुसूचित गर्ने र घरमै बसेर लगानीकर्ताहरुले धितोपत्र खरिदबिक्री गर्न प्रोत्साहित गर्ने निर्णय भएको छ।
छलफलमा विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरु छोटेलाल रौनियार, उत्तम अर्याल, तिलक कोइराला, राधा पोखरेल, गोपाल कटवाल, संरक्षणा चौधरीलगायत सहभागी थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago