 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । ग्रामीण बस्तीलाई आधार बनाएर स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर गरिमा विकास बैंक २ करोड ६५ लाख पुँजीका साथ २०६४ सालमा स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र पाल्पा गरी ३ जिल्ला कार्य क्षेत्र बनाएको यो बैंक हाल राष्ट्रियस्तरको बनेको छ। हाल काठमाण्डौ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकका १०६ शाखा कार्यालय छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो बैंकले ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५३.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रौ त्रैमाससम्म ३ खर्ब २३ अर्ब पुँजी रहेको यो बैंकको पुँजी तेस्रो त्रैमाससम्म ३ खर्ब ६७ अर्ब पुग्ने देखिएको छ।
पुँजी र कार्यक्षेत्र विस्तारका लागि यो बैंकले सहारा विकास बैंकलाई प्राप्तिको चरणमा छ। बैंकको हालको प्रतिसेयर आम्दानी (ईपीएस) २४.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४८.०७ रुपैयाँ र प्रतिसेयर कुल सम्पति १८६६.६३ रुपैयाँ छ। जगेडा कोषमा ८३ अर्ब ३९ करोड रुपैयाँ रहेको बैंकको रिटेन अर्निङमा ७२ करोड २६ लाख रुपैयाँभन्दा बढी रहेको छ।
खराब कर्जा भने यो बैंकको गत वर्ष यही समीक्षा अबधिमा ०.३९ प्रतिशत रहेकोमा अहिले बढेर ०.९४ प्रतिशत पुगेको छ। यो बैंकको १० वर्षको औसत लाभांश दर १८.९ प्रतिशत रहेको छ भने बैंकले सन् २०१३ देखि सन् २०१७ सम्म १४५ प्रतिशत हकप्रद जारी गरिसकेको छ।
बैंकले आफ्ना ग्राहकलाई बिना धितो ऋण सुविधा तथा कृषि कर्जा पनि उपलब्ध गराउँदै आएको छ।
धितोपत्र दोस्रो बजारमा केही दिनयता विकास बैंकका सेयर उछाल आइरहेको छ। यो बैंकको सेयरभाउ उकालो लाग्ने क्रममा छ।
गरिमा विकास बैंकलाई प्राविधिक पक्षमा हेर्दा
फिबोनासी एक्टेनसनका अधारमा
यो औजारको मुख्य सार भनेको एकपल्ट बढेर घट्दा बढेको मूल्य तथा अनुपातमा कति प्रतिशतले घट्छ र एकपल्ट घटिसकेपछि बढ्न सुरु गर्दा घटेको मूल्य तथा अनुपातको कति प्रतिशतले बढ्छ भन्ने हो। यसमा प्रयोग हुने अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशतका छन्। यो सिद्धान्तलाई आधार मान्दा यदि आगामी दिनमा गरिमा विकास बैंकको सेयर मूल्य बढेमा १.६१ प्रतिशतको वृद्धिमा ३६० रुपैयाँसम्म हुनेछ। २.६१ प्रतिशतको वृद्धि भएमा ४०६ रुपैयाँ र ३.६१ को वृद्धि भएमा सेयर भाउ ४४३ रुपैयाँसम्म हुने देखिन्छ।

यो बैंकको साप्ताहिक बोलिंगर ब्यान्डलाई नियाल्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्ड फराकिलो भएकोले आगामी दिनमा यो बैंकको सेयरमूल्य उतारचढाव हुन सक्छ। साप्ताहिक ब्यान्डलाई नियाल्दा अझै केही समय खरिदचाप हुने देखिन्छ। मैनबत्ती विश्लेषणअन्तर्गत सेतो लामो मैनबत्ती बनेकोले पनि आगामी दिनमा यो बैंकको सेयरमा खरिदचाप हुन सक्छ।

एमएसीडी लाइन
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। साप्ताहिक एमएसीडी लाइनलाई आधार मान्ने हो भने केही दिनअगाडि बुलिस क्रसओभर बनेको र हालसम्म भ्यालिड रहेको छ।

आरएसआईका आधारमा
यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ७९.९२ रहेको छ। जसको अर्थ ओभर बट जोनमा छ र अघिल्लोपटक यो विन्दु ७५ को तहमा पुगेपछि करेक्सन आएको थियो। तल्लो बिन्दु ४० मा पुगेपछि बजारको यो बैंकको सेयरमूल्य उकालो लागेको थियो।

पिभट विश्लेषण
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– ३६९
प्रतिरोध २– ३७३
प्रतिरोध ३– ३८६
पिभट पेइन्ट– ३६०
घटेमा सर्पोट
सपोर्ट १– ३५६
सर्पोट २– ३४७
सर्पोट ३– ३३४
नोट : प्राविधिक विश्लेषणमा विभिन्न औजारले विभिन्न संकेत गरेका हुन्छन्। सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण रहन्छ। त्यसैले लगानी गर्नुपहिला लगानीकर्ताले जोखिम विश्लेषण गरिनुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19