काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ।

विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि सुझाव मागेको हो। 

आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा सरोकारवालाले सुझाव दिन सक्ने विभागले जनाएको छ। 

विभागले संघसंस्था, सरकारी निकाय, बुद्धिजिवी र सरोकारवालाला सुझाव दिन आग्रह गरेको छ। 

सुझावहरु काठमाण्डौको लाजिम्पाटस्थित विभागको नीति विश्लेषण शाखाको ४४११७८८ नम्बरमा फ्याक्स गरी वा policyird@ird.gov.np मा ई–मेल गरी दिन सकिनेछ।