काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०–८१को बजेटका लागि सारोकारवालाबाट सुझाव मागेको छ।
अर्थ मन्त्रालयमा यतिबेला आगामी आर्थिक वर्षको बजेट तथा तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको छ।
सोही क्रममा आगामी वर्षको बजेट तथा कार्यक्रम समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना सुझाव पठाउन अर्थ मन्त्रालयले एक सूचनामार्फत आग्रह गरेको हो।
मन्त्रालयले सरोकारवालाबाट वैशाख १५ गतेसम्म आइपुग्ने गरी सुझाव मागेको छ। विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आमसर्वसाधारणले अर्थ मन्त्रालयमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्नेछन्।
अर्थ मन्त्रालयले यतिबेला विभागीय मन्त्रालयहरुबाट बजेट तथा कार्यक्रम माग गरेको छ।
मन्त्रिस्तरको गत शुक्रबारको निर्णयबाट सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तमकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्।
समितिका सदस्यहरुलाई आगामी वर्षको बजेटको मस्यौदा लेखनका लागि कार्यक्षेत्रहरुसमेत तोकिएको छ।
आगामी वर्ष सरकारले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमाभित्र रहेर बजेट बनाउँदैछ। नेपालको संविधान अनुसार जेठ १५ गते संघीय सरकारले संसदमा बजेट पेस गर्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago