काठमाण्डौ । आगामी आर्थिक वर्षभित्र ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्। ‘नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १११ मेगावटा रसुवागढी, १०२ मेगा मध्यभोटेकोशी, ४२.५ सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत कम्पनीहरु र सोलार आयोजनाहरुबाट आगामी आर्थिक वर्षमा ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ’, उनले भने।
आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत उत्पादन पुग्ने पनि अर्थमन्त्री महतले जानकारी दिए। ‘रणनीतिक महत्व रहेको पश्चिम सेती परियोजना सेती रिभर ६ र तल्लो अरुणलगायतका विद्युत परियोजनाको विकास सम्झौता गरी निर्माण कार्य अगाडि बढाइनेछ’, उनले भने।
सुक्खायामको विद्युत माग सम्बोधन गर्न १ हजार २०० मेगावाटको बूढीगण्डकी र ६३५ मेगावाट दूधकोशीको मोडालिटी तयारी गरी निर्माण कार्य अगाडि बढाइने पनि महतले बताए।
त्यसैगरी संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको सेती, १०६ मेगावाटको जगदुल्ला, ९९.९ मेगावाटको तामाकोशी पाँचौँ, ७०.३ सिरुवाखोला तथा ७७.५ मेगावाट घुन्साखोला जलविद्युत आयोजनाहरुको निर्माण कार्य सुरु गरिने महतले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19