काठमाण्डौ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८०–८१ मा विभिन्न निकायका लागि लागू हुने करको दर निर्धारण गरेको छ।
विभागले आर्थिक विधेयक २०८० को व्यवस्थाअनुसार आय वर्ष २०८०–८१ मा निकायका लागि लागू हुने करको दर सार्वजनिक गरेको हो। सबैभन्दा बढी करको दर ३० प्रतिशतसम्म रहेको छ। बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, वित्तीय कारोबार गर्ने निकाय वा दूरसञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण, मर्चेन्ट बैंकिङ व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र तथा कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा, बियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायले सबैभन्दा बढी ३० प्रतिशत करको दर कायम गरिएको छ।
सामान्य व्यवसाय गर्ने निकायलाई भने २५ प्रतिशत करको दर तोकिएको छ।
यसैगरी कर छुट हुने कारोबारबाहेकको कारोबार गरेमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाले क्रमशः ५ प्रतिशत, ७ प्रतिशत र १० प्रतिशत कर कायम गरिएको छ। तर, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको हकमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरुले क्रमशः १० प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत कर तिर्नुपर्नेछ।
यस्तै सार्वजनिक गुठीअन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत र कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशत कर कायम गरिएको छ।
कुनै आय वर्षमो ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा प्रतिशत कर तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिको हकमा २ प्रतिशत करको दर कायम गरिएको विभागले जनाएको छ।
सञ्चार गृह (मिडिया हाउस)को कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७९–८०मा आफ्नो व्यावसायिक उद्देश्यअनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा २५ प्रतिशत छुट दिइने विभागले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19