काठमाण्डौ । प्रभू बैंक लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । यो बैंकले आज(असार ११ गते)देखि बिक्री नभएको २२ लाख ३१ हजार २ सय ६५ कित्ता हकप्रद लिलामीमा ल्याएको हो । निकै धेरै कित्ता एकैपटक लिलामीमा आएकोले बुद्धिमतापूर्वक बिड गर्न सके सस्तोमै यो बैंकको सेयर पाउन सकिने प्रवल संभावना रहन्छ ।
प्रभू बैंकले २०७४ माघ ७ गतेदेखि फागुन २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । सो क्रममा सेयरधनीले खरीद नगरेको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २ सय ३ कित्ता र सर्वसाधारण समूहतर्फ ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लिलामीमा असार १८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
प्रभू बैंकको सहायक संस्था प्रभू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालय, प्रभू बैंकको केन्द्रीय कार्यालय तथा देशभरका विभिन्न कार्यालयबाट बोलपत्र फारम पाउन तथा बुझाउन सकिनेछ ।
दुवै खालको सेयरमा न्यूनतम १०० रुपैयाँ मूल्य राखेर बिड गर्न सकिनेछ । संस्थापक सेयरको हकमा विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन पाउनेछन् ।
संस्थापक सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने अक्सनको सूचनामा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago