काठमाण्डौ । श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा साझेदार व्यवसायिक संस्थाहरु नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ तथा ब्रिटिश काउन्सिल (Under European Union Dakchyata Project: TVET Practical Partnership Project) को सहयोगमा ल्याइएको Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजनाको आज एक समारोहका बीच काठमाण्डौमा आरम्भ भएको छ ।
परियोजना मार्फत Occupational Classification Standard को विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कूल बजेट रू. १७ करोड ९० लाख ११ हजार ७३३ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू को साझेदारीमा परियोजनाको कार्यान्वयन आउने छ ।
मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजनाले काम गर्ने छ ।
कार्यक्रमलाई संबोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा परियोजना मार्फत यूरोपिएन यूनियन र व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमति अनुसार परियोजनालाई कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता जनाइन् ।
नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेजले यस परियोजनाले नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने र नेपालको आर्थिक विकासमा आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सघाउने बताइन् ।
ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगल र टिभेट इम्प्लोयर पार्टनसीप विज्ञ जोन माउन्टफोर्डले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताइन् । दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष सीपयुक्त जनशक्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सिर्जनामा सघाउने विश्वास गरिन् ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारीका लागि लाखौं नेपाली विदेशिनु परेको अवस्थामा यो परियोजनाले केहि राहत दिने विश्वास व्यक्त गर्दै नेपालमा धेरै उद्योगहरु भएता पनि दक्ष जनशक्तिको अभावले विदेशबाट कामदार ल्याउनुपर्ने र आफ्नो युवा जमात विदेशिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाउन परियोजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे । महासंघका उपाध्यक्ष्ँ उमेशलाल श्रेष्ठले यस परियोजनाले नेपालको परिवेशमा रहेको जनशक्तिको माग र आपूर्तिलाई व्यवस्थापन हुने किसिमले तालिमहरुको संचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहयोगी संस्थाहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा, साना तथा घरेलु उद्योग महासंघका का.वा.अध्यक्ष उमेश सिंह र नेपाल उद्योग परिसंघका उपाध्यक्ष्ँ विरेन्द्रराज पाण्डेले यस परियोजना सामूहिक रुपमा संचालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै परियोजना सफल बनाउन आ–आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महासंघका परियोजना समन्वय समितिका सदस्य सुमित केडिया र परियोजनाको टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजना कसरी शुरुवात, परियोजनाको उद्देश्य, क्रियाकलाप, कार्यक्षेत्र र अपेक्षित परिणाम सम्बन्धी विषयहरु उल्लेख गरे ।
परियोजनाका फोकल पर्सन रविन श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान, महासंघका कार्यकारिणी समिति सदस्यहरु, विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थििति थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago