काठमाण्डौ । अर्थ मन्त्रालयका ढोकाहरु आजबाट बन्द गरिएका छन्।
आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणलाई अन्तिम रुप दिन आजदेखि अर्थ मन्त्रालयका ढोकाहरु बन्द गरिएका हुन्। बजेट पेस गर्ने मितिभन्दा एक साता अघिबाटै अर्थ मन्त्रालयका मूल ढोकाबाहेकका अन्य ढोकाहरु बन्द गर्ने प्रचलन रहिआएको छ। ‘सोही प्रचलनलाई निरन्तरता दिँदै आजबाट अर्थ मन्त्रालयका ढोकाहरु बन्द गरिएका हुन्’, मन्त्रालय स्रोतले भन्यो।
अब मन्त्रालयमा कर्मचारी र बजेट निर्माणमा संलग्न व्यक्तिबाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ। अहिले मूल ढोकामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले भोलि मंगलबार नीति तथा कार्यक्रम ल्याउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19