काठमाण्डौ । सरकारले दसैँका लागि भित्र्याएको खसी र च्यांग्रामा थप सहुलियतमा बिक्री गर्ने भएको छ।
चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भनी सरकारले खसी तथा च्यांग्रा खरिदमा आजबाट थप सहुलियत दिने भएको छ।
सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५० रुपैयाँ कायम गरेको छ।
यसैगरी च्यांग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँबाट प्रतिकिलो १ हजार २२५ रुपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago