काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आज चैत २७ गतेबाट आईपीओ जारी गरेको छ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँ १० प्रतिशतले हुन आउने ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गरेको छ।
रिभर फल्सको आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। यो आईपीओमा रिभर फल्स आयोजनाको कार्यालय (संखुवासभा), प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदबारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटो वैशाख ११ गते र ढिलामा वैशाख २६ गते बन्द हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19