 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको चार दिनपछि अजोड इन्स्योरेन्स लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट बल्ल कारोबार खुलेको छ।
नेप्सेले तोकेको अजोडको पहिलो कारोबार रेन्जमा रही रु.२९१ मा पहिलो पटक कारोबार भएको थियो। यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयर प्रतिकित्ता रु. ३१३ मा कारोबार भइरहेको छ।
नेप्सेमा गत सोमबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्ट दोस्रो बजारमा सेयर कारोबार हुने गर्दछ। तदनुरुप गत मंगलबारदेखि अजोड इन्स्योरेन्सको सेयर कारोबार नेप्सेले तोकेको सेयरमूल्य रेन्ज (रु. ७१ देखि रु. २९१) अन्तर्गत रही स्पेसल प्रिओपन सेसन हुन नसकेकोमा आज आइतबार भने स्पेसल प्रिओपन सेसन (बिहान ११ः३० देखि ११ः४५) मा पहिलो कारोबार रु. २९१ मा खुलेको थियो।
स्पेसल प्रिओपन सेसनमा अजोडको सेयर कारोबार भएपछि अहिले नियमित कारोबार समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) कारोबार हुँदैछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19