काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ।
कम्पनीले लिलामीमा राखेको संस्थापक समूहको सेयरमा योग्य जोकोही व्यक्ति कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १५ हजार वा अधिकतम १० अंकको गुणांकमा अधिकतम १ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
लिलामीमा राखिने सेयरको न्यूनतम प्रतिकित्ता २९५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १९ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19