काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज शुक्रबारदेखि आवेदन खुला गरिएको छ।
यसअघि यो आईपीओ माघ २८ गतेदेखि नै निष्कासन हुने भनिएको थियो। तर सीडीएस एन्ड क्लियरिङले प्राविधिक कारण देखाई निष्कासन मिति सार्न अनुरोध गरेपछि आज माघ ३० गतेबाट बिक्री खुला गरिएको हो।
महिला लघुवित्तले कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आईपीओ निष्कासन बन्द भने छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गते बैंकिङ समयपछि हुनेछ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
लघुवित्त कम्पनीका आईपीओमा सर्वसाधारणको बिछट्टै आकर्षण देखिन्छ। यो आईपीओमा १५ लाख बढीले आवेदन गर्दा महिला लघुवित्तले निष्कासन गरेको ३ लाख ७५ हजार कित्ता पनि गोलाप्रथाद्वारा नै बाँडफाँड हुनेछ।
महिला लघुवित्तको आईपीओमा पनि १० कित्ताका लागि रु. १ हजारमात्रै लगानी गर्दा उपयुक्त हुनेछ। हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ। यो आईपीओ बिक्रीपछि चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ।
यो लघुवित्तको मुख्य कार्यालय काभ्रेमा रहेको छ भने काठमाण्डौ उपत्यकाभित्र १० र बाहिरका विभिन्न जिल्लामा १० गरी २० शाखा कार्यालय रहेका छन्। यो राष्ट्रियस्तरको लघुवित्त हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago