काठमाण्डौ । अब काठमाण्डौमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ वर्ष कैद हुने भएको छ। 

जिल्ला प्रशासन काठमाण्डौले आज मंगलबारदेखि कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको हो। यो निर्णयअनुसार अब निषेधाज्ञा उल्लंघन गर्नेले एक वर्षसम्म कैद बस्नुपर्ने हुन्छ। 

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने काठमाण्डौ प्रशासनले जनाएको छ। नयाँ अध्यादेशअनुसार निषेधाज्ञा उल्लंघन गर्दा १ वर्ष कैद, ५ लाख रुपैयाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ।