काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञा आज शुक्रबारबाट लागू भएको छ। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको गत जेठ १९ गते बसेको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो। यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक साता लम्बाउँदै जेठ २० गतेसम्म पुर्याइएको थियो। 

जेठ १४ गतेदेखि थपिएको निषेधाज्ञाका बेला उपत्यकामा किराना पसलहरु पनि बन्द गरिएको थियो। आजबाट लागू निषेधाज्ञामा भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्न दिइएको छ। 

बैठकमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आजबाट तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट (ग्रोसरीमात्र) बिहान ९ बजेसम्म खोल्न पाइन्छ। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण गर्न भने नपाइने भट्टराईको भनाइ छ। 

स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्ममात्र गर्न पाइनेछ। निर्माण सामग्री ओसारपसार गर्ने गाडी रातिको समयमा मात्रै चलाउन पाइने पनि भट्टराईले जानकारी दिए। 

आजबाट लागू निषेधाज्ञामा के गर्न पाइन्छ/पाइँदैन ? हेर्नुहोस्–