काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११.३५ लाख बढी कित्ता संस्थापक आज असार २९ गतेबाट लिलामीमा राखिएको छ। 

यसअघि गत असार ३ गतबेदेखि असार १० गतेसम्म कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रदमध्ये आवेदन नपरेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर पुनः लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट लिमिटेड वा बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको हेटौँडास्थित केन्द्रीय कार्यालय वा शाखाहरु पुतलीसडक, पोखरा र नारायणगढमा दिन सकिनेछ।

यो लिलामी सेयरमा साउन ५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।