 
                     
                                
                             
                                    काठमाण्डौ । क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आजदेखि दिन सुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी गराएको हो। विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइन वा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेस गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ। अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेस गरी खोप प्रमाणपत्र लिन सक्ने मन्त्रालयले जनाएको छ।
विद्युतीय खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको प्रतिलिपि, खोप कार्डको प्रतिलिपिलगायत कागजातहरु पेस गर्नुपर्नेछ।
मन्त्रालयका अनुसार ३ दिनभित्र विदेश जानेहरुले भने भिसा र टिकटको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19