काठमाण्डौ। सरकारले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याएको छ। 

कोरोनाभाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउन नयाँ वेब पोर्टैल एप्लिकेसन सञ्चालनमा ल्याइएको हो। 

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेमबहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आएको बताए। उनले भने, ‘सूचना र ज्ञान सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारेका हौं। यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आएको छ।’ 

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयककर्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको कार्कीले बताए। ‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरु ल्याइरहेको छ। यसैगरी सरकारले यस वेबसाइटमार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सीप आदनप्रादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, उनले भने। 

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको लर्निङ पोर्टलमार्फत सरकारले डाक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्थासमेत गर्नेछ। 

डाँफे हेल्थ डकटकम लगइन गरेपछि कोभिड १९ माक्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आइडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुंगानाले बताए। उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यकर्मीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचनामात्र हुने बताए।